३१ साउन, बुटवल। रुपन्देहीको सालझण्डीमा शनिवार रुखमा झण्डिएको अवस्थामा फेला परेकी ३६ बर्षीया पुष्पा टण्डन कार्कीको मृत्यु शङ्कास्पद भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा ४ की टण्डनको मृत्य प्रकरणमा सोही टोलका लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालविरुद्ध आत्म हत्या दुरुत्साहनको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
केही दिन अघि रुपन्देहीको सालझण्डी फाईयरलाईन जंगलमा मृत फेला परेकी तिलोत्तमा नगरपालिका – ४ दुर्गामन्दिर पथकी ३६ बर्षीया पुष्पा टण्डन कार्कीको मृत्यु घटनाको निष्पक्ष छानबिनको माग गर्दै यहाँका बासिन्दा स्वतः स्फूर्त रुपमा सडकमा उत्रिएका छन् ।
आरोपित मृतककी छिमेकी महिला लक्ष्मी पोखरेल भुसाललाई प्रहरीले पक्राउ गरेको र सोमबार उनलाई छाडेको विरुद्ध स्थानीय बासिन्दा आक्रोशित भएका हुन ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आत्महत्या दुसाहनमा किटानी जाहेरी दर्ता भएकाले थप विषबारे अनुसन्धान पछि मात्र बताउने बताउनु भयो ।
यही साउन २६ गते स्कुटर चढेर घरबाट हिँडेकी पुष्पा दोस्रो दिन बिहान करिब ८ बजेतिर उक्त जंगलको एक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको सूचना परिवारजनलाई दिईएको थियो ।
झुन्डिएको र भुईँमा खुट्टा टेकेको घटनाले शङ्कास्पद थियो नै त्यसमाथि पुष्पा चढेर आएको स्कुटी बुटवलको अस्पताललाईमा फेला पर्नुले घटना थप रहश्यम बनेको छ । पुष्पाका श्रीमान् केशवराज कार्की रोजगारीको सिलसिलामा कोरियामा थिए । एक छोरा , एक छोरी र भदैनीसँगै घरमा बस्ने गरेका थिए । त्यस दिन दिउँसो करिब १२ बजेको समयमा पुष्पा स्कुटी चढेर घरबाट हिडेको मृतकका १६ बर्षीया छोरा अरुणले बताए । मृत्यु घटनाको केही दिन अघि देखिनै घर अगाडीकी लक्ष्मी पोखरेल भुसालले आफ्नो श्रीमान्सँगै नाजायज सम्बन्ध रहेको अरोप लगाउँदै तनाव र धम्की दिने गरेको परिवारजनले बताएका छन् ।
श्रीमती पुष्पाको रहस्यमय घटनाको दुखत खबरले भावहिल हुँदै घर आई पुगेका श्रीमान् केशवराज कार्कीले आर्थिक र विविध कारणबाट श्रीमतीको हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्