Ad imageAd image

आजको मौसम : चार प्रदेशमा पानी पर्ने

खबर खुराक
खबर खुराक २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

२ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागको  केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , मधेश गण्डकी  प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

- Advertisement -
Ad image

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्