२ भदौ, तेह्रथुम । म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ बर्षीया बाटुली माया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक उमा शङ्कर गुप्ताले जानकारी दिनुभयो ।
घरको मुलढोका माथि रहेको बिजुलीको तार मुसाले टोकेर नाङ्गो बनाएको र सोही तार छुँदा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीको अनुसन्धान बाट खुलेको छ । उहाँको घटना स्थलमै मृत्यु भएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र पोस्टमार्टम मार्फत पश्चात् शव परिवारलाई जिम्मा दिने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्