Ad imageAd image

पर्यटकलाई आकर्षित गराउने ताप्लेजुङको फुङ्फुङ्गे झरना (तस्बिरहरु)

खबर खुराक
खबर खुराक २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

२ भदौ, तापलेजुङ्ग । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरना पर्यटकलाई सधैं आकर्षित तथा मोहित गराउने एक सुन्दर झरना हो। हिउँद तथा बर्खा दुवै मौसममा फुङ्फुङ्गे झरनाको भ्रमण गरेर आनन्द लिन सकिन्छ।

जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको फुङ्फुङ्गे झरनाको पछिल्लो समय भ्रमण गर्ने आन्तरिक पर्यटकको भीड बढ्दै गएको छ। सरकारद्वारा पर्यटकीय गन्तव्यमा सूचिकृत भएपछि फुङ्फुङ्गे झरनाको अवलोकन भ्रमण गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

पर्यटकीय गन्तव्य फुङ्फुङ्गे झरना आकर्षक मात्र नभई धार्मिक स्थलको रुपमा पनि महत्त्वपूर्ण स्थल भएकोले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताइएको छ। झरनाको फेदमा किराँतेश्वर महादेव मन्दिर रहेको छ। उक्त मन्दिरमा पूजापाठ गर्नेहरुका कारण पनि झरनामा पर्यटकको सङ्ख्या बाक्लिँदै गएको स्थानीय विजय लिम्बू बताउनुहुन्छ।

हाल सदरमुकाम फुङ्लिङदेखि झरनासम्म नै यातायात सुविधा रहेकाले फुङ्फुङ्गे झरनाको भ्रमण यात्रामा सहजता भएको छ। सदरमुकामदेखि करिब २० किलोमिटर कच्ची सडक यात्रा गर्दा झरनासम्म पुग्न सकिन्छ। त्यस्तै यातायातका साधानसँगै पदमार्गमार्फत पनि फुङ्फुङ्गे झरना पुग्न सकिन्छ। फुङ्फुङ्गे झरनाको विकास र प्रवर्द्धनका लागि अहिले स्थानीय सरकारले केही पहल गरिरहेका छन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्