Ad imageAd image

हङकङले नेपाललाई दियो ८९ रनको लक्ष्य

खबर खुराक
खबर खुराक ५ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

५ भदौ, काठमाडौं। आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अगाडि नेपालले चार देश सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले हङकङबाट ८५ रनको  लक्ष्य पाएको छ ।

सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तोमा प्याक भएको हो ।

वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ओभरमा अलआउट हुँदै ८४ रन बनाएको हो ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।

- Advertisement -
Ad image

ओपनरद्वय यस्मिन दस्वानी र मारिको हिलले समान ६–६ रन बनाइन् । सन्जिन सहजादले २, मार्यम बीबीले ९, रुचिथा बेङ्कटेसले १, हि यीङ चिउङले४ रन बनाइन् । मे वाइ सु २ रनमा अविजित रहिन् ।

नेपालका लागि ओपनर बलरद्धय कविता कुँवर र पुजा महतोले समान १–१ विकेट लिइन् । कविताले ४ ओभर बलिङ गरेर १ मेडनसहित १८ रन खर्चिइन् । पुजाले आज डेब्यू खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् ।

यस्तै नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्