Ad imageAd image

बासी तेलकाे पुन:प्रयोग गर्नुहुन्छ ? सावधान ! घातक रोगको शिकार हुने सम्भावना

खबर खुराक
खबर खुराक ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

६ भदौ, काठमाडौँ । कहिले काही हामी पकौडा, आलु फ्राई वा मासु फ्राई गरेपछि उब्रिएको तेललाई पुनः अर्को पटक प्रयोग गर्न राख्छौ र प्रयोग पनि गर्छौ । तर, के तपाईलाई थाहा छ, एक पटक प्रयोग भइसकेको तेल फेरि प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकार हुन्छ ?

एक अध्ययनमा भनिएको छ, एक पटक प्रयोगमा आएको तेललाई फेरि प्रयोगमा ल्याउँनाले क्यान्सरजस्ता घातक रोगको शिकार हुनसक्ने सम्भावना बढेर जान्छ ।अध्ययनमा कुनै खानेकुरा पकाउँनका लागि प्रयोग भएर उब्रिएको तेल पुन प्रयोग गरेमा त्यसमा फ्रि रेडिकल्स बन्न थाल्छ, जुन अगाडि गएर रोगको कारण बन्न जान्छ । यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ ।

यसबाहेक एकै तेललाई धेरै पटक उच्च तापमानमा तताएमा त्यसमा ‘एल्डीहाइड’ बन्न थाल्छ, जसका कारण मानिसमा डायबिटिज, हाइपरटेन्शन, कलेजोआदीमा रोग लाग्ने खतरा बढ्छ ।

यदि उब्रिएको तेललाई प्रयोग गर्नु छ भने सबैभन्दा त्यसलाई छान्नुहोस् र त्यो तेल गाढा, कालो वा चिप–चिप देखियो कि छैन हेर्नुहोस् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्