Ad imageAd image

इजिप्टमा कोरोनाको नयाँ भेरियन्ट फेला

खबर खुराक
खबर खुराक ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

६ भदौ, काठमाडौं । इजिप्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५.२ भेटिएको पुष्टि गरेको छ । यो भेरियन्ट २ जनामा देखिएको छ ।

श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट जाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो । इजी.५.२ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो ।

अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५.२ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो । २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको कोरोना भाइरसले विभिन्न रुपमा समग्र विश्वलाई नै आक्रान्त पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्