Ad imageAd image

कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदै

खबर खुराक
खबर खुराक ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

७ भदौ, काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोशी सरकारका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

बुधवार नेता कार्कीले प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्