Ad imageAd image

डोनाल्ड ट्रम्प २ लाख डलरको जमानतमा रिहा

खबर खुराक
खबर खुराक ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

८ भदौ, बुटवल  । सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेका डोनाल्ड ट्रम्प २ लाख डलरको जमानतमा  रिहा भएको बीबीसीले उल्लेख गरेको छ। ​

यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ। अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ।​ ट्रम्पको औँठाछाप लिइ अनुहारको तस्बिर लिइएको बीबीसीले जनाएको छ। अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन्।

ट्रम्प जेल पुगेपछि त्यहाँ बाहिर उनका समर्थकहरुको भिड लागेको थियो। ट्रम्पले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन्।

जेलमा छोटो प्रक्रियामा सामेल भएपछि रिहा गरिने बित्तिकै ट्रम्प जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका थिए। त्यहाँ उनले टिप्पणी गर्दै आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए।

- Advertisement -
Ad image

सन् २०२४ मा पुन: राष्ट्रपति निर्वाचनमा लड्न लागेका टम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो।

यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्