Ad imageAd image

रेसुङ्गा विमानस्थल दुई महिनादेखि उडानविहीन

खबर खुराक
खबर खुराक ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

८ भदौ, काठमाडौँ । गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ ।

साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन । जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।

पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौँबाट रेसुङ्गा विमानस्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौँ फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैन ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्