Ad imageAd image

तानसेनमा एमाले प्रदेश प्रतिनिधि सहमतिमै टुंगियो

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ९ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

पाल्पा, ९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा तानसेन नगर कमिटीबाट सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ ।

यहाँबाट १५ जना सहभागी हुन पाउने छन् । ७ खुला, ४ महिला, दुइ उत्पीडित, २ जना युवा कलष्टरबाट छनोट भएका छन् ।

खुला तर्फबाट गोपाल पौडेल, रामप्रसाद पोखरेल, कृष्णराज अधिकारी, ठाकुर लोहागुन, दामोदरप्रसाद घिमिरे, त्रिरत्नलाल शाक्य, शोभाखर भट्टराई प्रतिनिधिमा छनोट भएका छन् ।

नारायणी शर्मा, कासिका गैरे, शशी श्रेष्ठ , उमा अर्याल महिला कलष्टरबाट प्रतिनिधि छनोट भएका छन्। यस्तै युवाबाट दीपक विश्वकर्मा, गुराँस आत्रेय प्रतिनिधि बनेका छन् ।

- Advertisement -
Ad image

२ जना उत्पीडित तथा दलित समुदायमध्य मुक्ति कालिराज र इन्द्रा गहतराज प्रतिनिधिमा छनोट भएको निर्वाचन समितिका संयोजक सन्तोष खनालले जानकारी दिनुभयो ।

सबै क्षेत्र भुगोलबाट प्रतिनिधि छनोट गरिएको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । हलले दिएको म्याण्डेड अनुसार घिमिरेले प्रतिनिधिको नाम घोषणा गर्नुभएको हो । यस्ता खालका सहमतिले पाल्पाको पार्टी गतिविधिलाई थप बलियो बनाउने उहाँले बताउनुभयो । हलमा सहभागीहरूले नेता ठाकुर गैरे, धनेन्द्रराज घिमिरे र पर्शुराम भट्टराईलाई नामावली टुंगो लगाउने जिम्मेवारी प्रदान गरेका थिए ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पार्टीलाई प्रदेशमा पनि वैधानिक ढंगबाट संचालन गर्नका लागि अधिवेशन गर्न लागेको बताउनुभयो ।
आगामी अधिवेशनबाट पार्टी चलायमान हुने छ । लुम्बिनी प्रदेश कमिटीले सबैभन्दा पहिला अधिवेशन गर्न सफल हुने भएको छ । आगामी निर्वाचनमा एमाले बहुमत सहितको पहिलो पार्टी बन्नका लागि कोशेढुंगा सावित हुने गैरेले दाबी गर्नुभयो ।

तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले पार्टी एकजुट गराउनका लागि सम्पूर्ण पार्टी सदस्यहरूले सहमतिका साथ प्रतिनिधि छनोट गर्ने कार्य सम्पन्न भएको भन्दै सबैलाई धन्यवादसहित यही एकताका साथ आफ्नो भूगोलमा काम गर्न अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्