Ad imageAd image

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

खबर खुराक
खबर खुराक १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

१० भदौ, बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज आइतबारका लागि तोकिएको छ । उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्