Ad imageAd image

पार्किङ्ग शुल्क नउठाउन व्यावसायिक भवनहरुलाई अन्तरिम आदेश

खबर खुराक
खबर खुराक ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

११ भदौ, काठमाडौं । काठमाडौं महानगरमा रहेका व्यवसायीक भवनहरूले सेवाग्राहीबाट लिँदै आएको पार्किङ शुल्क अबदेखि लिन नपाउने भएका छन्।

सोमबार यसबारे अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले पार्किङ शुल्क नउठाउन भनेको हाे। यसअघि यस्ता व्यवसायिक भवनहरुले आफ्नो पार्किङमा सवारी साधन पार्क गरेबापत शुल्क उठाउँदै आएका थिए।

यसअघि महानगरले निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने भनेपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेका हुन्। कम्प्लेक्स डेभलपर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले व्यापारिक कम्‍प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न  पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे। भने काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्