Ad imageAd image

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

खबर खुराक
खबर खुराक १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

१३ भदौ, पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पहिरोले पुरिदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जनाएको छ ।

दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्