१३ भदौं, काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ सुरू भएयता २१ हजार २०६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै सुनसरीमा देखिएको छ । सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, मोरङमा २ हजार २४२, धादिङमा २ हजार १०१, झापामा १ हजार ३२३ र काठमाडौंमा ४२७ जना संक्रमित भइसकेका छन् । महाशाखाका अनुसार डेंगु संक्रमण ७५ जिल्ला फैलिसकेको छ । हालसम्म संक्रमणका कारण १३ जनाको मृत्यु भएकोमा धरानमा मात्रै १० जना छन् ।
मुलुकभर देखिएको कुल संक्रमणको कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । जसमध्ये ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्