Ad imageAd image

पहिलो पटक नेपालमा एग्रिकल्चर गेम रियालिटी शो हुदै, राजेश हमाल होस्ट

खबर खुराक
खबर खुराक १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

१५ भदौ, काठमाडौं । काठमाडौंमा एक कार्यक्रमबीच रेभुलुस्नरी एग्रिकल्चर वार (रअ) को औपचारिक घोषणा गरिएको हो। नेपालमा पहिलो पटक एग्रीकल्चर गेम रियालिटि सो हुदै छ ।

शैलेश कँडेल क्षेत्रीको कन्सेप्ट र निर्देशनमा तयार हुने शोको मास्टर होस्टको रुपमा अभिनेता राजेश हमाल हुनेछन्।एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजन रहेको निर्देशक क्षेत्रीले बताए।

शोमा किसान र कृषि प्राविधिकले भाग लिन पाउनेछन्। कृषिमा व्यावसायिक रुपले आवद्ध भएका किसान समूहले पनि भाग लिन पाउनेछन्। प्राविधिक समूहमा भने कम्तिमा बिएस्सी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ। प्राविधिकसँग प्राविधिक र कृषकको कृषकबीच प्रतिस्पर्धा हुने छ।

कृषिसम्बन्धी शोमा जोडिन पाउँदा खुसी लागेको अभिनेता हमालले बताए।

- Advertisement -
Ad image

‘मेरो पनि नवलपुरमा खेतीपाती गर्ने पुख्यौली जमिन छ। त्यहाँ गएर माटोसँग खेल्ने मन छ। माटोसँग खेलेर आफूले केही उब्जाउनु भनेको भंयकर उपलब्धी हो। त्यो ठूलो सिप पनि जोकोहीले गर्न सक्दैन। त्यसैले कृषकप्रति सधैँ गर्व गर्नुपर्छ,’ उनले भने।

शोको निर्णायकमा डा.योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्