Ad imageAd image

बुटवलमा करेन्ट लागेर एक युवक गम्भिर घाइते

खबर खुराक
खबर खुराक १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

१५ भदौ, बुटवल । बुटवलमा विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ति गाउँपालिका घर भई बुटवलमा बसेर विद्युतको काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

बुढा मगरलाई शुक्रबार दिउँसो बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका बुढा मगरको उपचारका लागि बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटलमा लगिएको प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्