१५ भदौ, काठमाडौं । नेपाल–चीन उत्तरी मुख्य परम्परागत व्यापारिक तातोपानी नाका साढे आठ वर्षपछि सर्वसाधारणको लागि खुला गरिएको छ। सिन्धुवासी मात्र तिब्बत प्रवेश गर्न सक्ने व्यवस्था गरि आज शुक्रबारदेखि नाकामा मानव आवतजावत खुला गरिएको हो।
आजसम्म २ सय २७ स्थानीयले पास पाएका छन् । एक वर्ष समय अवधि रहने प्रवेश पासको आधारमा तिब्बती क्षेत्र छिर्न र घुम्न पाइने बताइएको छ।
एक वर्ष समय अवधि रहने प्रवेश पासको आधारमा तिब्बती क्षेत्र छिर्न र घुम्न पाइने बताइएको छ। बिगतमा यस्तै पासको आधारमा दुबै देशका स्थानीय सीमा क्षेत्रबाट ३० किमी क्षेत्र आवतजावत गर्थे। राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो नाका विनासकारी भूकम्पअघिकै अवस्थामा भने अझै सञ्चालनमा ल्याइएको छैन। मानवीय आवागमनलाई अझै सीमित गरिएको छ ।
यसअघि आयात र निर्यात व्यापार सञ्चालनमा ल्याइएको नाका तेस्रो चरणमा शुक्रबारदेखि सर्वसाधारणको लागि खुलाइएको हो।२०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि साढे चार वर्ष यो नाका पूर्ण बन्द भयो । लामो कुटनीति प्रयासपछि २०७६ जेठ १५ आयात व्यापारको लागि नाका एकतर्फी सञ्चालनमा ल्याइएको थियो । त्यसको चार वर्षपछि गत वैशाख १८ गते निर्यात व्यापारसहित नाका दोहोरो सञ्चालनमा ल्याइए पनि मानवीय आवामन खुलाइएको थिएन। मानवीय आवागमन नहुने शर्तमा त्यतिबेला नाका सञ्चालनमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्