Ad imageAd image

दाङको तेल मिलमा आगलागी

खबर खुराक
खबर खुराक १६ भाद्र २०८०, शनिबार
0 Min Read
Aa

१६ भदौ, दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ ।

शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।

आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्