Ad imageAd image

इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित,समेस्टर परीक्षा ५ दिन पछिलाइ सर्यो

खबर खुराक
खबर खुराक १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

१७ भदौ, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो।

विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले भदौ २५ गतेदेखि लिने भनिएको प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित गरेपछि आवेदन फारम भरेका ८ हजारभन्दा बढी विद्यार्थी अन्योलमा छन्। प्रवेश परीक्षा कहिले हुन्छ भने एकिन नभएको सहायक डीन प्राध्यापक सुरज लामिछानेले बताए।

२६ वर्षदेखि शुल्क वृद्धि नहुँदा अध्ययन संस्थान र इन्जिनियरिङका आंगिक क्याम्पस चल्नै नसक्ने अवस्था आएको भन्दै संस्थानले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी स्नातक तहको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो।

शुल्क वृद्धिपछि विद्यार्थीको आन्दोलनलन चर्किँदा विश्वविद्यालयले शुल्क वृद्धि फिर्ता लिन निर्देशन दिए पनि शुल्क समायोजन हुनैपर्ने संस्थानको अडान छ। विश्वविद्यालययकै सम्वन्धन प्राप्त निजी इन्जिनियरिङ कलेजले भने स्‍नातक तहका लागि बार्षिक रुपमा शुल्क वृद्धि गर्दै आएका छन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्