१८ भदौ, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ । पाँचबुँदे सहमतिसँगै स्ववियु पुल्चोक र अनेरास्ववियुले गरेको आन्दोलनका सबै कार्यक्रम पनि फिर्ता भएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले हालै मात्र पूर्ण शुल्कमा पढ्ने विद्यार्थीहरुको शुल्क बृद्धि गरेको थियो । जसअनुसार ३ लाख १८ हजार रहेको शुल्क बढेर ७ लाख ७७ हजार पुग्ने भयो ।
प्रतिक्रिया दिनुहोस्