Ad imageAd image

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक

खबर खुराक
खबर खुराक २२ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

२२ भदौ, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बिहीबार  सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा राजनीतिक परिवेशलाई देखाइएको छ। फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीको मुख्य भूमिका छ।

सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्म कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्