Ad imageAd image

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

खबर खुराक
खबर खुराक २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

२३ भदौ, काठमाडौँ ।  मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् ।

- Advertisement -
Ad image

भूकम्पका कारण भवन ढल्दै गरेका दृश्यसमेतका भिडियोहरू सामाजिक सञ्जाल एक्समा समेत पोस्ट भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्