Ad imageAd image

चितवनमा एक आपसमा ठोक्किए ट्रक, एकको मृत्यु

खबर खुराक
खबर खुराक २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

२३ भदौ, भरतपुर । दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो ।

महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुइ ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयलेन जनाएकाे छ । चितवन प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन ।

अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादव (१८ वर्ष) भने सख्त घाइते भएका छन अर्का चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

दुर्घटनामा परेर सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्