काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताएका छन् ।
शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए । पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’
प्रतिक्रिया दिनुहोस्