Ad imageAd image

तीजको दर खाने दिन आजः दरको महत्व यस्तो छ

खबर खुराक
खबर खुराक ३१ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, ३१ भदौ । हरितालिका तीजको अघिल्लो दिन आइतबार दरखाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ।

तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।
तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकोमा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन्।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।

- Advertisement -
Ad image

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिइ बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।

प्रतिक्रिया दिनुहोस्