Ad imageAd image

भगवान् गणेशको पूजाआराधना गरी गणेश चतुर्थी मनाइँदै

खबर खुराक
खबर खुराक २ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं, २ असोज । आज (मंगलबार), भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी।  अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी यो पर्व मनाइँदैछ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा मंगलबार काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।

शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। मंगलबार हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ।  भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको छ। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन्।

- Advertisement -
Ad image

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व यसपटक भने मंगलबार नै परेको छ। यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन्।

प्रतिक्रिया दिनुहोस्