काठमाडौं, २ असोज । न्याय परिषद्ले थप १९ जना न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले जिल्ला अदालतका १८ र उच्च अदालतका १ न्यायाधीशको सरुवा तथा पदस्थापन गरेको हो। उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको सरुवा उच्च अदालत विराटनगरमा गरिएको छ।
जिल्ला न्यायाधीशको नियुक्तिका लागि एक जना पारशमणि पोखरेलले मात्र नाम निकालेपछि रिक्त पदमा सिफारिस गरिएको हो। न्याय सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा सहभागी २ सय १० जना फेल भएका थिए। चार वर्षअघि पनि पोखरेलले न्याय सेवा, न्याय समूहअन्तर्गत उपसचिवमा पहिलो नम्बरमा नाम निकालेका थिए। गत साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशको लिखित परीक्षा भएको थियो। लिखित परीक्षामा २ सय ११ जना सहभागी थिए। जसमा २९ जिल्ला न्यायाधीशको माग गरिएको थियो।
यस अगाडि गत भदौ ३१ गते पनि २७ न्यायाधीश नियुक्ति गरिएको थियो।
यी हुन् सरुवा र नियुक्त भएका न्यायाधीश
प्रतिक्रिया दिनुहोस्