Ad imageAd image

नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वको लागि ढुंगेल र दाहालको अध्यक्षमा उम्मेदवारी

खबर खुराक
खबर खुराक १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ, १० असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वको लागि अन्ततः चुनाव हुने भएको छ। अध्यक्ष केपी ओलीले रामेछापका कैलाश ढुंगेललाई सर्वसम्मत बनाउन खोजेपनि सहमति नजुटेपछि अन्ततः चुनाव हुन लागेको हो। मतदान भोलि दिउँसो हुनेछ।

अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन्। ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन्। ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन्।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्। दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन्।

यस अगाडी अध्यक्षमा धेरै नेताहरु आकांक्षी थिए। तर चुनाव हुने भएपछि भने नेताहरुले उम्मेदवारी कम गरेका हुन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्