Ad imageAd image

एमालेको कर्णाली अधिवेशनः अध्यक्षमा शाह निर्वाचित

खबर खुराक
खबर खुराक १५ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएको छ । सोमवार साँझ सम्पन्न मतगणनाअनुसार उनी ३६९ मत ल्याएर विजयी भएका हुन् ।

शाहका निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् ।

यस्तै प्रकाश रोकायले ४ मत मात्र पाएका छन् । अधिवेशनअन्तर्गत आइतवार राति मतदानको भएको थियो ।

अध्यक्षमा शाह विजयी भए पनि आधिकारिक घोषणा भने हुन बाँकी रहेको मतगणनास्थलमा रहेका एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले लोकान्तरलाई जानकारी दिए ।

- Advertisement -
Ad image

कर्णालीमा अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकोमा दुई जनाले फिर्ता लिएका थिए ।

अध्यक्ष पदमा कालीकोटका शाही र रोकाया तथा सल्यानका शाहबीच प्रतिस्पर्धा भएको हो ।

कर्णालीको राजधानी सुर्खेतमा अधिवेशन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्