Ad imageAd image

परराष्ट्रमन्त्री साउदले गरे इजरायलका विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता

खबर खुराक
खबर खुराक २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमान्डौं, २२ असोज परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एलि कोहेनसँग टेलिफोन वार्ता गरेका छन्। सोमबार दिउँसो साउद र कोहेनबीच त्यहाँ जारी हमास समूहले गरेको आक्रमणका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

त्यहाँ अलपत्र परेका नेपालीहरूको उद्धारका लागि समन्वय गर्न मन्त्री साउदले विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

आजै साउदले त्यहाँस्थित नेपाली विद्यार्थीहरूसँग पनि भिडिओ वार्ता गरेका थिए।

इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री साउदले बताएका छन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्