Ad imageAd image

प्रधानमन्त्रीसँगै ऊर्जामन्त्री बस्नेत र जनार्दन शर्मा समेत भूकम्प प्रभावित क्षेत्र प्रस्थान

खबर खुराक
खबर खुराक १८ कार्तिक २०८०, शनिबार
1 Min Read
Aa

काठमान्डौं, १८ कात्तिक । गएरातिको शक्तिशाली भूकम्पका कारण ठूलो क्षति भएका जाजरकोट तथा आसपासका जिल्लामा राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री प्रचण्ड, ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व अर्थमन्त्री एवं सांसद जनार्दन शर्मासहितको टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएका छन् ।

‘भूकम्प प्रभावित जाजरकोटलगायतका जिल्लाहरूमा खोज, उद्धार र राहतका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मा. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र मा. पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली उद्धार, स्वास्थ्यकर्मी र सामाग्रीसहित जाजरकोटको लागि प्रस्थान गर्नुभएको छ,’ मल्लले फेसबूकमा लेखेका छन् ।

‘सुर्खेत र काठमाडौंबाट हेलिकप्टर र स्काइ ट्रक तथा नेपाल एयरलाइन्सको जहाज स्वास्थ्यकर्मी र सामाग्रीसहित प्रभावित क्षेत्रमा प्रस्थान गर्दै हुनुहुन्छ,’ उनले अगाडि लेखेका छन् ।

- Advertisement -
Ad image

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले कैयन घर भत्किएका छन् भने १२८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्