Ad imageAd image

काठमाडौंको ३७ स्थानबाट १ करोडभन्दा बढीको धनमाल चोरी, ७ जना पक्राउ​

खबर खुराक
खबर खुराक ३० कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमान्डौं, ३० कात्तिक।  दशैंपछि आज बिहानसम्म काठमाडौं उपत्यकाबाट १ करोडभन्दा बढीको धनमाल चोरी भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले बिहीवार जारी गरेको विज्ञप्ति अनुसार यही कात्तिक ११ गतेदेखि ३० गते बिहान ९ बजेसम्म चोरीमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाभित्र १ करोडभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुल १ करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

काठमाडौंको २० स्थानबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँ, ललितपुरको १० स्थानबाट २५ लाख ३० हजार ७५० रुपैयाँ र भक्तपुरको ७ स्थानबाट ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौंका ५ स्थानमा लुटपाट हुनुका साथै ती घटनामा ३ जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्