जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ बुटवल इलिटद्वारा नन्दनी गौशालामा दाना र सहयोग रकम हस्तान्तरण

खबर खुराक
३ जेठ २०८१ १२:११

बुटवल ०३ । लायन्स क्लव अफ बुटवल इलिटद्धारा आयोजित लायन वर्ष २०२४÷२५ का निर्वाचित अध्यक्ष अरुण कुमार ज्ञवालीको जन्मोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । बुटवल शिबनगर स्थित नन्दनी गौशालामा गाईलाई दाना र सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन सन्तोष आचार्य, प्रमुख अतिथि डिजि पिमजेफ लायन अर्जुन मान सैन्जु, विशिष्ट अतिथि पिमजेफ लायन बालाराम भट्रराई अतिथि यमजेफ लायन कल्पना शिवाकोटी, लायन बिमला गैरे, लायन वेद प्रसाद गैरे र सम्पूर्ण लायन सदस्यहरुको सहभागि हुनुभएको थियो । उक्त कार्यक्रम मा जन्मदिनको केक काटेर जन्मदिन मनाइयो । कार्यक्रम सम्योजक र प्रायोजक लायन अरुण कुमार ज्ञावालिले गर्नुभएको थियो । सम्पुर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गर्नुभयको थियो । कर्यक्रमको सञ्चालन सचिव लायन शुवास अर्यालले गर्नुभएको थियो ।



प्रतिक्रिया