सिडियोलाई स्वागत

खबर खुराक
३० जेठ २०८१ १६:४३

नवलपरासी जिल्लामा भरखरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई अखिल नेपाल महिला संघ,नवलपरासी शाखाले स्वागत कार्यक्रम बुधवार परासीमा सम्पन्न गरेको छ ।
संघकी जिल्ला अध्यक्ष दया दर्लामीको नेतृत्वमा गएको टोलीले प्रजिअ श्रेष्ठलाई खादा तथा फूलले स्वागत गरेको थियो ।
जिल्लाले ईतिहासमा पहिलो पटक महिला प्रजिअ प्राप्त गरेको र शान्ति सुरक्षा,अमनचैनमा उत्कृष्टता हासिल हुने विश्वासका साथ अनेम संघले स्वागत गरेको संघकी अध्यक्ष दर्लामीले बताईन् ।
साथै प्रजिअले आफ्नो कार्यकाल स्वर्णिम बनाउन अनेम संघसँग साथ र सहयोग लिई अघि बढ्ने प्रतिवद्वता समेत जनाईन् ।
सहभागीहरुसँग प्रजिअ श्रेष्ठले परिचय गरेकी थिईन ।

 



प्रतिक्रिया

धेरै पढिएको