वृक्षरोपणका लागि तयारी

खबर खुराक
३१ जेठ २०८१ १८:१३

बुटवल ३१ । थानिडाँडा माध्यमिक विद्यालय, तिनाउ(२,बगाह,पाल्पाले वृक्षरोपणका लागि अभिभावकहरुको उपस्थितिमा झाँडी सरसफाइ तथा खाल्डो खन्ने काम बिहिवार सम्पन्न गरेको छ । विद्यालय नजिकै रहेको सामुदायिक वन परिसरमा उक्त कार्य गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।
असार महिनाको सुरुवातमा नै खनिएका खाल्डाहरुमा आँप,लिची, दालचिनीलगायतका आम्दानी दिने खालका बेर्ना रोपिने अध्यक्ष थापाले बताए ।
दुई हजार बढी बेर्ना रोपेर हरित् विद्यालयको अवधारणालाई साकार बनाउने र आम्दानी बढाउन आफूहरु क्रियाशील रहेको विद्यालयका सहायक प्रअ रुद्रबहादुर जीसीले सुनाए ।



प्रतिक्रिया

धेरै पढिएको