बाल क्लवको अध्यक्षमा बाह्रघरे

खबर खुराक
१ असार २०८१ १५:१३

बुटवल ३२ । पूर्वखोला गाउँपालिका वडा नं।२,जल्पा मैदानमा रहेको कमला आधारभूत विद्यालयमा शुक्रबार बाल क्लव गठन भएको छ ।
बाल हक(अधिकार सम्बन्धि जानकारी दिन र बालमैत्री विद्यालय बनाउने अभिप्रायले क्लव गठन भएको विद्यालयका प्रधानाध्यापक मोहनबहादुर रखालले जानकारी दिए ।
प्रवीनबहादुर बाह्रघरेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विपीन हिस्की,सचिवमा कृष्णमाया जर्घामगर,सहसचिवमा मनोज जर्घामगर र कोषाध्यक्षमा छकमाया ठाडा चयन भएका छन् । साथै रोमा बाह्रघरे,सीता सोमै,विशाल बाह्रघरे र हेमन्त लाम्का सदस्यमा चयन भएका छन् ।
क्लवको कार्यसमितिमा निर्वाचित सबैलाई विद्यालयका प्रअ रखालले अवीर लगाएर सपथ खुवाएका छन् ।



प्रतिक्रिया

धेरै पढिएको