क्षमता विकास तालिमको सुरुवात्

खबर खुराक
८ असार २०८१ ७:४०

आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाको आयोजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं।५ को सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएको छ ।
तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेको के हो रु यो कसरी अभिवृद्धि हुन्छ रु क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका विधि,प्रक्रिया,निर्णय ,यसका विधि र माईन्यूट लेखनका साथै नेता र नेतृत्व विकासका आधारहरुका बारेमा सहजीकरण गरिरहेका छन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं।५ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले आदिवासी जनजातिहरुले आफ्नो प्रतिभा, क्षमताहरुलाई लुकाएर हैन प्रदर्शन गर्ने बेला आएको बताउँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत समितिका सहसंयोजक ,सोभबहादुर मगर,स्वागत सचिव दिलीप सारू र अध्यक्षता समन्वय समितिका संयोजक एवम् वडा नं।७ का वडाध्यक्ष गणबहादुर बुढाथोकीले गरेका थिए । शुक्रबारसम्म सञ्चालन हुने उक्त तालिममा ४० जना आदिवासी जाजाति समुदायका ब्यक्तिहरुको सार्थक सहभागिता रहेको छ ।



प्रतिक्रिया

धेरै पढिएको