कविता

झरीले ल्याएको खुसी

फुर्पा तामाङ
२० असार २०८१ १२:३३

 

 

हिजोसम्म तिर्खाले रोएकी
काकाकूल चरी
आज सुनिएन
ऊ चुपचाप छ
वातावरण शीतल छ
शान्त र प्रिय भएको छ
ऊ मारिएकोले

मरेकोले चुपचाप भएको होइन
आज पानी परिरहेछ
धीत मरुञ्जेल
प्यास मेटाउन पाएको छ।

छिमेकी हर्के दाजु घरमा छैनन्
परिवारै खेतमा धान रोपिरहेका छन्
किसानको मुहारमा
झरीले खुसी ल्याएको छ।



प्रतिक्रिया

धेरै पढिएको