प्राकृतिक प्रकोप

कुन-कुन प्रदेशमा हुँदैछ भारी बर्षा ?

मनसुनी वायुको प्रभाव

खबर खुराक डेक्स
२३ असार २०८१ १३:४३

काठमाडौं, २२ असार । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

शनिबार देशभर मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा  र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

राती कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आइतबार र सोमबार पनि सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी देखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।   साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले अति भारी वर्षाले  दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया

धेरै पढिएको