विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

खबर खुराक
२६ असोज २०८० ८:२१

२६ असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

 

ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ ।

छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २-० ले, इक्वेडरले बोलिभियालाई २-१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २-२ को बराबरी खेलेको छ ।

कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *