राजनिति

काँग्रेसले कसैलाई पनि प्रधानमन्त्री अफर गरेको छैन : विश्वप्रकाश

खबर खुराक
२३ फागुन २०८० १०:३६

२३ फागुन, बुटवल  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्नका लागि पार्टीले कसैलाई पनि अफर नगरेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमुक व्यक्तिलाई प्रधानमन्त्री अफर गरेकोबारे प्रश्नहरू आएको भन्दै उनले कसैलाई कुनै प्रस्ताव नगरिएको स्पष्ट पारे ।

महामन्त्री शर्माले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका निभाउन कांग्रेस तयार रहेको पनि बताए ।  शर्माले लेखेका छन्–‘नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र सोधिरहनु भएको छ- के काँग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !’



प्रतिक्रिया