गुल्मी इस्माका अग्नी पीडितहरुका लागि सहयोग जुट्ने क्रम जारी

खबर खुराक
१३ वैशाख २०८१ ११:०४

१३ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पिडितहरुलाई इस्माली समाज रुपन्देही र रोटरी क्लब रेसुङ्गा नगरपालिका गुल्मीसहित विभिन्न संस्था र ब्यक्तिहरुले राहत  सामग्री  उपलब्ध गराउने क्रम तिब्र पारेका छन् ।

बैशाख ८ मा विभिन्न वन जंगलहरुमा लागेको डढेलो गाउँवस्तीमा पसेपछि इस्मा–२ को सिदुङका , हाडिखोला, वडा नम्बर २ को कोटकटेरी तिम्लेखर्क, मुडकिना र वडा नम्बर ६ को  वुल्ममा गरी  इस्मामा मात्रै २७ परिवारका २६ घर, त्यति नै संख्यामा गोठ शौचालय जलेर पुर्णरुमा नष्ट भएका थिए । ति सबै अग्नी पीडित परिवारका लागि इस्माली समाज रुपन्देहीले ५० थान पानी संञ्चय गर्ने ड्रम लगेर उपलब्ध गराएको छ । समाजका अध्यक्ष कृष्णप्रसाद जिसी, वरिष्ठ  उपाध्यक्ष लोकप्रसाद खरेल, उपाध्यक्ष ग्रिष्मा कुँवर कोषाध्यक्ष पुनाराम पोखरेल र सदस्य गिता केसी वडा नम्बर २ र ४ का अग्नी पीडित स्थलममै पुगेर हस्तान्तरण गरेका हुन ।

उनिहरुले पालिका अध्यक्ष भगतसिंह खड्का र उपाध्यक्ष पार्वती कुँवरको रोवबारमा वडाध्यक्ष लोकनाथ आचार्यलाई सहयोग हस्तान्तर गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष खरेलले आफूहरु विभिन्न पेशा ब्यवसायीका लागि रुपन्देही गएर बसे पनि मन इस्मा मै रहेको र इस्मालीको हरेक विपद र पीडासंगै आफूहरुलाई पीडा हुने भएकोले आवश्यक पर्दा थप सहयोग पनि गरिने उद्घोष गरे  ।

त्यस्तै रोटरी कल्व रेसुङ्घा नगरपालिका गुल्मीले ठूलो परिमाणमा खाद्यन्न, लत्ताकपडा, भाँडाकुँडासहित   आगलागि राहत कोषका लागि ६१ हजार ५ सय रुपैयाँ बराबरको चेक पालिका अध्यक्षलाई हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले चेकसहित राहत सामग्री हस्तान्तरण गरेका थिए । त्यस क्षेत्रका सांसद तथा पुर्व मन्त्री गोकण बिष्टले खाद्यन्न,  भाँडाकुडा र कपडा लत्ता दोश्रो दिन नै पठाएर हस्तान्तरण गरिएको थियो ।

बैशाख ८ देखि ११ गते सम्मको विवरण
सरकारी निकायहरुले पनि आफ्नो क्षेत्रबाट सहयोग र सक्रियता देखाएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले पाईप जलेर नष्ट भएपछि बन्द भएको पानी सुचारु गर्न तत्काल आवश्यक पाईपसहित फिल्डमा खटेर खानेपानी अभाव पूरा गरेको  छ   ।

विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको टोली पनि विद्युत सुचारु गर्न फिल्ड मै पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा दैनिक जसो फिल्ड मै खटिने गरेका छन् । पालिकाका सबैतहका जनप्रतिनिधी र कर्मचारीहरु रात–दिन नभनि फिल्ड मै खटेका छन् । कल्याणकारी आमा समुह तम्घासले प्रत्येक परिवारलाई कुकर लगायतका सामग्री  हस्तान्तरण गरेको छ । तम्घासकै गाउँले किशान भेट सेन्टरले विभिन्न प्रकारका विउविजन सहयोग गरेको छ ।

फेन्सी तथा कपडा ब्यवसायी संघ गुल्मीले ठूलोा परिमाणमा विभिन्न प्रकारको राहत सामग्री हस्तान्तरण गरेको छ । तम्घासकै सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीले पनि लत्ता कपपा हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाईटीले तत्काल भाडाकुँडा लत्ताकपडा र खाद्यन्न उपलब्ध गराएको थियो ।

राहत वितरण गर्नेहरुमा नेपाल स्वास्थ्य फूड प्रोडक्सन कपिलवस्तु पनि रहेको छ । हस्तीचौरका पूर्व गाविस नरहरी घिमिरेको अगुवाईमा हस्तीचौर काठमाडौं सम्पर्क समिति ट्रस्टले  प्रत्येक अग्नी पीडित परिवारलाई ग्याँस सिलिण्डसहितको चुलो सेट पठाएको छ ।

नेपाल निजामति कर्मचारी संगठन गुल्मीले प्रत्येकलाई गाग्री र जग हस्तान्तरण गरेको छ । त्यस्तै विभिन्न प्रकारको राहत प्रदान गर्नेहरुमा गुल्मी उद्योग बाणिज्य संघले पनि राहत सामग्री उपलब्ध गराएको छ । इस्मा १ उजुङ स्वाँराको जनजागरण युवा क्लवले पशुचौपायलाई घाँस हस्तान्तरण गरेको छ । रेसुङ्घा नगरपालिका ७ भुजलखर्क स्थित पुष्पा पन्थी उनका श्रीमान बिष्णु प्रसाद पन्थीको  सुष्मा करिश्मा निर्माण सेवा प्रालिले खाद्यन्न सहयोग गरेको छ ।



प्रतिक्रिया