बलात्कार मुद्दामा दोषी सन्दिप लामिछानेको सजाय आज तोकिँदै

खबर खुराक
२५ पुष २०८० १०:४५

२५ पुस,काठमाडौं ।  बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो ।

यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *