राष्ट्रिय सभा

राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक

खबर खुराक
३ माघ २०८० १६:१०

३ माघ,काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ ।

नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ ।

 



प्रतिक्रिया