विप्लव पुत्र डा. प्रकाश र चितवनकी डा.मान्यताले गरे जनवादी विवाह

खबर खुराक
११ असोज २०८० ९:२८

चितवन, ११ असोज । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डाक्टर प्रकाश चन्द र चितवनकी डाक्टर मान्यता थापाबीच प्रगतिशील जनवादी विवाह भएको छ । बुधवार सो पार्टीको मुख्यालय रहेको कपिलवस्तुको शिवगढीमा उनीहरूको विवाह गरिएको हो ।

पार्टीका शीर्ष नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा सबैले टीका लगाएर शुभकामना दिएका थिए भने सामना परिवारले सांगीतिक कार्यक्रम राखेको थियो । कार्यक्रममा अन्य पार्टीका धेरै नेताहरू नगए पनि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त पुगेका थिए । प्रकाश र मान्यता चितवनमा एमबिबिएस अध्ययनका क्रममा परिचित भएका हुन् । प्रकाश पार्टी निकट जनस्वास्थ्यकर्मी संघको केन्द्रीय महासचिव छन् भने पार्टीको केन्द्रीय सदस्य हुन् मान्यता संघको केन्द्रीय सदस्य हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *