जेष्ठ नागरिकलाई घर घरमा भत्ता ! के हो वास्तविकता ?

खबर खुराक
१ जेठ २०८०

१ जेठ, रुपन्देही । रुपन्देही जिल्लाको दक्षिण भागमा रहेको सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्धार मध्ये एक महत्त्वपूर्ण पर्यटकिय, औद्योगिक ,र ब्यापारीक केन्द्रको रुपमा स्थापित छ।

रमा पन्थी

१३ वटा वडा भएको सि. न. पा. को जम्मा जनसंख्या ७६,३०७ छ। त्यसमा पुरुषहरूको संख्या ३८,१३६ र महिलाहरूको संख्या ३८,१७१ रहेको छ। ( रा.ज.आयोग २०७८) र सिद्धार्थनगर नगरपालीकाको कर्मचारी (मिनाजी)सङग जानकारी लिनेे क्रममा यहाँ वृद्धको संख्या २६७६ रहेको पाइयो ।

आर्थिक रूपमा बिपन्न ,अशक्त र असहाय अबस्थामा रहेका ,असहाय एकल महिला ,अपाङ्गता भएका बालबालिका ,आफ्नो हेरचाह गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उदेश्यले नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरेको हो ।

हाल आठ प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ । एकल महिला भत्ता , दलित भत्ता , अपाङ्ग भत्ता, बिधवा भत्ता , लोपोन्मुख जाति आदिमा सरकारले भत्ता वितरण गरेको छ । त्यस मध्ये वृद्ध भत्ता पनि एक हो ।

हाल वृद्ध वृद्धा हरुले मासिक ४ हजार पाउने गरेका छन । २०७५ साउन १ गते देखि ७० बर्ष उमेर पुगेकालाई मासिक ४हजार को दरले वृद्ध भत्ता बितरण गर्न थालेको हो। त्यस भन्दा पहिले ३ हजार दिइन्थ्यो । सिनपा वडा ५ का अनुसार आगामी साउन देखि फारम भरेका र ६८ बर्ष उमेर पुगेको ले पनि वृद्धभत्ता पाउने छ्न ।

सिद्धार्थनगर नगरपालिकाको जानकारी अनुसार “जेष्ठ नागरिक लाई घरमै भत्ता ” भनिए पनि ८०/८२ बर्षका त्यसमा पनि अति अशक्त हरुलाइ मात्र घरमा नै बैंकको कर्मचारी सहित गएर दिने गरिन्थ्यो । अहिले पनि अति वृद्ध ,असक्तहरुलाइ घरमा गएर वा उहाँहरुको आफन्ती पठाएर दिने गरिन्छ भने अन्य साधारण वृद्धको लागि पाएक पर्ने बैंकमा खाता खोली दिएर ३/३ महिनामा खातामै पठाइ दिने गरिएको छ ।सि. न. पा.को कार्यालयले दिएको जानकारी बोकेर वृद्ध भत्ताको अहिलेको अवस्था सेबाग्राही बाट बुज्नको लागी सिनपा वडा नम्बर ९ मा बस्ने बर्ष ८३ का उमानन्द चुदाली र उहाँकै श्रीमती बर्ष ७७ कि साबित्रा चुदालीलाई भेटेर उहाँहरूले पाएका सुबिधा का कुरा गरियो ।

कुराकानी गर्दै जादा उमेरमा खेती किसानि गर्दै आएका दम्पतीलाई सरकारले दिने वृद्ध भत्ता बाच्ने आधार बनेको बताउनुभयो । “भत्ता लिन जादा पनि पहिले पहिले त निकै दुख दुन्थ्यो । अहिले नजिकैको बैंकबाट अनुकूल समयमा लिने गरेका छौं । आफ्नो काम गर्न नसक्ने अवस्था र कहि कतैबाट एकरुपिया आउने अवस्था छैन। अस्पतालमा जान पनि गाह्रो हुन्छ । काठमाडौं मा त एम्बुलेन्स निशुल्क भयो रे । हामिलाइ बिरामी पर्दा अस्पताल लैजाने मानिस कोहि हुदैनन् ।बुडा बुढी मात्र घरमा बस्नुपर्ने बाध्यता हुन्छ । हाम्रो ठाउँमा पनि फोन गरेर आएर अस्पतालमा गएर उपचार सुरु गर्ने ब्यबस्था भयो भने । हाट एट्याक जस्ता रोगमा उतिबेला नै मर्नु पर्दैनथ्यो। आकस्मिक कहिले छाती दुख्छ कहिले पेट। अस्पताल जादा त वृद्ध कार्ड सबै औषधि पाए त हुन्थ्यो पाइदैन । केही केही ले दिन्छन तर आफुलाइ चाइएको अर्को हुन्छ । उहाँ हास्दै थप्नुभयो लौन हामी जस्ता बुढा बुढी दिन भरी गफ गर्ने , भजन गाउने एउटा भवन बनाउन पर्यो । जग्गा भएत त्रिपाल लगाएर पनि बस्थेउ ।” त्यो उहाँको भित्री इच्छा थियो। दिन भरि घरमा बस्यो दुख सुनाउने कोहि हुदैन दिक्क लाग्छ । काल पर्खने दिन गन्ने भाछ उहाँले थप्नुभयो ।

सि. न. पा. मै बस्ने अर्कि ७९ बर्सिय आमा दिपा शर्मा ( नाम परिवर्तित )का ६ जना सन्तान रहेछ्न। अहिले उहाँको लागि छोरा छोरी आफन्त जे भने पनि वृद्ध भत्ता हो रे । उहाँ भन्नुहुन्छ “आयस्रोत केही नभएकी , श्रीमान को मृत्यु भएर एक्लिएकी म बुढीलाई छोडेर  हिडे छोरा छोरिलेपनि वास्ता गरेनन् । अहिले त हामी सङ्ग हिड्नुस आमा भन्छ्न । पैसा राख्नुभाछ र हामिलाइ गाह्रो भयो भन्छ्न। चक्लेट किन्दिएर राख्दिए भने नातिनातिना पनि आउछ्न । एक छाक खाएर बस्दा कोहि आउदैनथे । अहिले पनि त्यतिले पुगेको त छैन तर आउँछ भन्ने हुँदा ढुक्क लाग्छ। कोहि नभएनी बाचिन्छ जस्तो हुन्छ । ” तर त्यै बैंक जान नसक्दा नातिनातिनाले ल्याइदिन्छ्न। त्यही पैसाको आस गर्छ्न । सरकारले घरमा दिने ब्यबस्था गरे सारै सारै राम्रो हुन्थ्यो नानि।”

आर्थिक बर्ष २०७९/८० को बार्सिक नगर विकास योजनामा जेष्ठ नागरिक आस्रय/मिलन केन्द्र स्थापना गर्न रु १० लाख बिनियोजन गरिए पनि स्थानीयले त्यसको कुनै जानकारी नपाएको पाइयो । धेरै जनाको आसय बुज्दा मिलन केन्द्रको निकै आबस्यकता देखिन्छ।