सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित, बजेट ल्याउन मार्ग प्रशस्त

खबर खुराक
१३ जेठ २०८०

काठमान्डौं, १३ जेठ । आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले नीति तथा कार्यक्रमलाई समर्थन गरे ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको बैठकबाट नीति कार्यक्रम पारित गरिएको हो ।

त्यसअघि, सांसदहरूले विभिन्न विषयमा उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको बैठकबाट नीति कार्यक्रम पारित गरिएको हो ।

त्यसअघि, सांसदहरूले विभिन्न विषयमा उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । ७ गतेदेखि त्यसमाथि छलफल गरिएको थियो ।

सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए । शनिबारको बैठकमा उक्त संशोधन प्रस्ताव निणयार्थ पेस गरिएको थियो । बैठकबाट त्यसलाई अस्वीकार गरियो ।

शुक्रवार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेपनि नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका कारण शनिवार मात्र नीति तथा कार्यक्रम पारित भएको हो । शनिवार बसेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिएपछि संसद अवरोध हटेको थियो ।

त्यसअघि संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिर कर्मकाण्डी भनेर आरोप लगाइएपनि सरकारका नीति तथा कार्यक्रमले मुलुकका समस्या समाधान गर्ने दावी गरे । राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । जेठ १५ गते संसदमा बजेट पेश गर्नुअघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ ।