३२ जेठदेखि सञ्चालनमा आएको एनसेल आजियाटा अनलिमिटेड भ्वाइस प्याक

खबर खुराक
४ असार २०८०

४, असार ।

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि अनलिमिटेड भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्पेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने तीन प्रकारका अनलिमिटेड टकटाइम प्याक सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो योजना ३२ जेठदेखि सञ्चालनमा आएको हो ।

आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले करसहित २५ रूपैयाँमा बिहान ५ बजेदेखि साझँ ५ बजेसम्म नेपालका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवा प्रयोग गर्न सक्ने छन् । एष्ट्रिक्स १७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्ने छ।

यस्तै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरुमा २४ घण्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित ३० रूपैयाँमा सुचारु गर्न सकिने छ।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्ने जनाएको छ । यो प्याकको कर सहित १५० रुपैयाँ पर्नेछ । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।