भिटामिन बी–१२ को कमी भयो भने के हुन्छ ?

खबर खुराक
२१ साउन २०८०

२१ साउन, काठमाडौं । शरीरलार्ई जीवन शक्ति दिन भिटामिन बी अति आवश्यक हुन्छ । भिटामिन बी पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन बीका थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एकअर्कासँग अन्तर सम्बन्धित हुन्छन् ।

मृत्युको कारण बन्नसक्छ भिटामिन बी १२ को कमी

भिटामिन बी–१२ ले के गर्छ ?

भिटामिन बी–१२ शरीरमा तन्त्रिका कोशिका र रक्त कोशिकालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले डिएनए बनाउन पनि मद्दत गर्छ । तपाईंको शरीरले भिटामिन बी–१२ आपसे आफ बनाउँदैन, तपाईंले यो तत्वलाई खानामार्फत् लिनुपर्छ । अण्डा, मासु र डेरी उत्पादनमा भिटामिन बी–१२ पाइन्छ । यसका साथै केही अन्न, पाउरोटी र यिस्टमा पनि पाइन्छ ।

भिटामिन बी–१२ को कमी छाला, आँखाको समस्यासमेत न्युरोलोजिकल डिसअर्डरको कारण पनि बन्ने गर्छ । त्यसैले ती सबै लक्षणमा निगरानी राख्न महत्वपूर्ण छ जसले यसको कमीतर्फ इशारा गर्छ । बेलायतको सरकारी स्वास्थ्य एजेन्सी एनएचएस भिटामिन बी १२ को कमीका केही लक्षणबारे जानकारी दिएको छ जसको मद्दतले कतै तपाईं यसको कमीसँग त जुधिरहनुभएको छैन भनेर पत्ता लगाउन मद्दत गर्छ ।

यी हुन् भिटामिन बी १२ को कमीका प्रमुख लक्षण

– छालाको रंग हल्का पहेँलो हुनु

– जिब्रो दुख्ने वा रङ कालो हुँदै जानु

– मुखमा घाउ आउनु

– हेर्न समस्या हुनु

– चिड्चिडापन

– डिप्रेशन

विज्ञका अनुसार भिटामिन बी –१२ को कमी कुनै पनि उमेरमा हुनसक्छ तर ६० वर्ष माथिका मानिसहरुलाई यसको कमी धेरै हुने सम्भावना हुन्छ । यसका साथै शाकाहारी वा भिगन व्यक्तिका लागि पनि पर्याप्त मात्रामा भिटामिन बी–१२ प्राप्त गर्नु चुनौतीपूर्ण हुनेछ किनभने यो धेरैजसो जनावरसँग सम्बन्धित उत्पादनमा पाइन्छन् ।

दिमागमा भिटामिन बी–१२ को कमीको असर

अनुसन्धानबाट के पत्ता लागेको छ भने भिटामिन बी १२ को कमीले दिमागमा निकै गहिरो असर पर्ने गर्छ । यतिबेला व्यक्तिले धेरैजसो कुराहरु बिर्सने हुन्छन् । नयाँ कुरा याद राख्न नसक्नु र एकाग्रतामा समस्या हुनसक्छ । यसैकारण भिटामिन बी १२ द्वारा पीडित व्यक्तिको स्वभावमा चिड्चिडापन, व्यवहारमा परिवर्तन आउने गर्छ र उनीहरुलाई डिप्रेशन हुने र स्मरण शक्ति कमजोरसमेत हुने गर्छ ।

लक्षण देखिँदा परीक्षण गर्न आवश्यक

यदि तपाईंको शरीरमा भिटामिन बी–१२ को कमीको संकेत देखिएको छ भने तपाईंले डाक्टरलाई तुरुन्त भेट्न आवश्यक छ । ज्येष्ठ नागरिक, बालबालिका, भिगन, भेजिटेरियन र मधुमेहका बिरामीमा बी–१२ को कमीको खतरा अत्यधिक हुन्छ । त्यसैले यस्ता मानिसहरुले आफ्नो नियमित परीक्षण गराइरहनुपर्छ ।

भिटामिन बी–१२ को कमीबाट बच्न के खाने ?

मिटामिन बी–१२ एउटा यस्तो पोषक तत्व हो जुन शरीरमा प्राकृतिक रुपमा बन्दैन । त्यसैले यो शरीरलाई दिनका लागि यस्ता खाद्य पदार्थको सेवन गर्न आवश्यक छ जुन यो भिटामिनले भरपुर होस् । यसका साथै डाक्टरको परामर्श लिएर केही सप्लिमेन्ट पनि लिन सक्नुहुनेछ ।

मिटामिन बी –१२ का केही उत्कृष्त स्रोतमा अण्डा, पोर्क, डेरी उत्पादन–दुध, पनिर, दही, शेलफिस इत्यादि पाइन्छ । केही प्रकारका अन्नमा पनि यो प्रचुर मात्रामा पाइन्छ । केही तरकारी जस्तै पालुङ्गो, चुकन्दर, चना पनि यसका प्रमुख स्रोत हुन् ।